पिपरा प्रहरी प्रमुख रायमाझी सम्मानित

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले उत्कृष्ट कार्य गरेको भन्दै ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख गोपाल जंग रायमाझीलाई सम्मान गरेको छ । जिल्ला प्रहरी कार्यालयको मातहत प्रहरी प्रमुखहरुलाई निर्देशन तथा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई सम्मान कार्यक्रममा प्रहरी निरिक्षक रायमाझी सम्मानित हुनुभएको हो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवरत्न पौडेललले उत्कृष्ट कार्य गरेको भन्दै ईन्स्पेक्टर रायमाझीलाई नगद सहित सम्मान गर्नुभएको हो । ईलाका प्रहरी कार्यालय पिपरामा प्रमुखको रुपमा रायमाझी आएसंगै ४४ ग्राम १ सय ५७ मिलिग्राम लागु औषध सहित ३७ जना पक्राउ तथा १८ वटा मुद्धा दर्ता भईसकेका छन् । त्यस्तै ३१ जना फरार प्रतिवदाी पक्राउ गरि २ लाख ३१ हजार १ सय २२ रुपैया जरिवाना गरिएको छ ।

सम्मान संगै प्रहरी निरिक्षक रायमाझीले कपिलवस्तु जिल्लामा रहेको भारतीय सिमा नाकाहरुमा हुने चोरी तस्करीहरुलाई बन्देज गर्ने, सडकहरुमा सवारी दुर्घटना न्युनिकरण गर्ने, आम नागरिकहरुको सुरक्षा गर्न प्रहरी हरपल तत्पर रहने, प्रहरी आचारण तथा सामाजिक संजालको प्रयोग, आमनागरिक संग गरिने ब्यवहारलाई ध्यानमा राखी प्रहरी र नागरिक बिच सुमधुर सम्बन्ध कायम राख्न्ने, गाऊँ गाँउमा प्रहरी उपस्थित हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।उहाँले यो सम्मानले थप हौसला प्राप्त भएको भन्दै नागरिकको जनधनको सुरक्षा र शान्ती अमनचयनका लागि आफुले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *