पार्टीलाई चुस्त दुरुस्त बनाउनमा कुनै कसुर बाकि नराख्ने अध्यक्ष अर्यालको प्रतिबद्धता

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

लक्ष्मण सापकोटा, ०९ भदौ ।

नेकपा एमाले बाणगंगा नगरकमिटीका नव निर्वाचित नगर अध्यक्ष सोमनाथ अर्यालले आफुलाई विजयी गराउनुहुने सबै प्रतिनिधी तथा नेता कार्यकर्तालाई धन्यवाद ज्ञापन गर्नुभएको छ । उहाले आगामी दिनमा पार्टी कमिटीलाई चुस्त दुरुस्त बनाउनमा कुनै कसुर बांकी नराख्ने प्रतिबद्धता जनाउनुभयो । साथै सम्पुर्ण नेता कार्यकर्ताको मनोभावनालाई बुझेर अगाडी बढ्ने एवं पार्टीको विधिविधान र माथिल्लो कमिटीको निर्देशन अनुरुप कार्य सम्पादन गर्ने बताउनुभएको छ । यो नयाँ नेतृत्वको चयनसँगै, नेकपा (एमाले) बाणगंगा नगर कमिटीले आगामी तीन वर्षको कार्यकालका लागि नयाँ दिशा र समर्पणका साथ अघि बढ्ने समेत नव निर्वाचित अध्यक्ष सोमनाथ अर्यालको प्रतिबद्धता रहेको छ ।

अध्यक्ष अर्याल  बैदेशिक रोजगारिको क्रममा कोरिया बसाई पछि स्वदेश फर्किएर राजनैतिक एवं सामाजिक क्षेत्रमा सक्रिय हुनु भएको थियो । विभिन्न संघ संस्थामा  आबद्ध भई सामाजिक काममा सक्रिय रहेका कारण पार्टीका  नेता कार्यकर्ता मात्र नभई  आम जनतामाझ रुचाईएका नेता को रुपमा परिचित हुनुहुन्छ । सरल स्वाभाव एवं जोसुकै व्यक्तिसंग सजिलै  सहकार्य  गर्न सक्ने क्षमता भएका, नेतृत्वमा अब्बल मानिनुभएका अर्याल १ कार्यकाल वडा अध्यक्ष भई कुसल जनप्रतिनिधिको भुमिका समेत निर्वाह गरिसकेका कारण उहाको नेतृत्वको कमिटी थप चलाएमान हुने कुरामा आम नेता कार्यकर्ता विश्वस्त रहेको भनाई छ ।

भदौ ८ गते भएको निर्वाचनमा प्रतिद्वन्दी मदन शाहीलाई पराजित गर्दै अर्याल बिजयी हुनभएको थियो । दोस्रो नगर अधिवेशनबाट १४६ मत प्राप्त गर्दै अर्याल निर्वाचित हुनुभएको हो । प्रतिद्वन्दी मदन शाहीले जम्मा ५४ मत प्राप्त गर्नुभएको छ ।  यस्तै उपाध्यक्षमा भीम बहादुर थापा विजयी हुनुभएको छ । पुन पनि १४६ मतका साथ विजयी हुनभएको हो  । उहाका प्रतिद्वन्दी बाबुराम अर्यालले ५० मत मात्र प्राप्त गर्नु । यस्तै सचिवमा चेतनारायण भण्डारी, उपसचिवमा जगतराज रेग्मी , महिला उपसचिवमा लक्ष्मी चौधरी निर्विरोध हुनुभएको हो । २ सय ११ प्रतिनिधिहरू रहेको अधिवेशनमा २०४ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *