जनहित अनलाइन, अर्घाखाँची । पहिरोमा परि ज्यान गुमाउने अर्घाखाँचीको शितगंगा नगरपालिका वड नम्बर १३ भंगला निवासी ३७ वर्षका बिष्णू थापाको परिवारलाई धिरिखोला समुदायिक वनले आर्थिक सहयोग गरेको छ । गत भदौ ४ गते आफ्नै गोठमा खसेको पहिरोमा परि मृत्यु भएको उनको परिवारलाई सहजता होस भन्ने उद्देश्यले १५ हजार सहयोग गरिएको वनकी अध्यक्ष हेमकला गुरुङले जनहित अनलाइन सङ्ग बताउनुभयो ।
सहयोग कार्यक्रममा बाणगंगा सवडिभिजन वन कार्यलयका वन रक्षक धरमेन्द्र धिक्ताल, तिलकराम पोख्रेल, लगायतले स्वर्गीय विष्णु बहादुर थापा क्षेत्री प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गदै शोकसन्तप्त परिवारजन प्रति समवेदना प्रकट प्रकट गर्नु भएको थियो ।


