नेपाल स्वयंसेवक संघ बाणगंगा ३ मा कार्यसमिति गठन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । नेपाल स्वयंसेवक संघ, बाणगंगा ३ को अध्यक्षमा लाल कुमार महत चयन हुनुभएको छ । आइतबार भएको एक कार्यक्रमका बिच महतको संयोजकत्वमा १८ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

जसको उपाध्यक्षमा भिखु प्रसाद थारु, चन्द्रावती थारु, सचिवमा अस्मिता सुनार, सहसचिवमा दिपा खनाल, कोषाध्यक्षमा लिला आचार्य र अन्यलाई सदस्यमा चयन गरिएको छ ।

त्यस्तै बाणगंगा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष टेक बहादुर झेडी मगरले नेपाल स्वयंसेवक संघ जस्ता सामाजिक कार्यमा सक्रिय संघसंस्थाले समाज परिवर्तनमा महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । स्वयंसेवक संघले बाणगंगामा अझ सशक्त भएर काम गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाल स्वयंसेवक संघका केन्द्रिय अध्यक्ष खेमराज पौडेलले संघलाई विस्तारै ७५३ वटै नगरपालिका सहित हरेक वडामा कमिटि विस्तार गर्दै लैजाने बताउनुभयो । खासगरी देशमा रहेका बेरोजगार युवा, शिक्षित तर पहिचान गर्न नसकिएका दक्ष जनशक्तिलाई एकिकृत् गरी उनीहरू भित्र रहेका सम्भावित क्षमताको उजागर गर्नु गराउनु यो संस्थाको मूख्य उद्धेश्य रहेको उहाँले बताउनुभयो । समाजमा रहने हरेक तह र तप्काका मानव् स्रोत हरूको व्यक्तिगत विकास र उनीहरूको क्षमतालाई प्रत्यक्ष आफ्नै समुदायमा लगानी गर्न सकिने आधारको खोजी पनि यो संस्थाको मूल मर्म रहेको उहाँले बताउनुभयो । यसको स्थापना विसं २०७६ सालमा भएको हो ।

कार्यक्रम बाणगंगा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष टेक बहादुर झेडी मगरको अध्यक्षता, संघका नगर कोषाध्यक्ष मनकला गिरीको स्वागत तथा नगर सचिव कल्पना कुवरको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *