जनहित अनलाइन, कपिलवस्तु ।
अल्पसंख्यकको सुचिमा पर्न नसकेका नेटुवा समुदायको उत्थानको लागि कपिलवस्तुमा कपिलवस्तुमा वर्कशप सम्पन्न भएको छ ।
समाजका विभिन्न मुद्दामा सक्रिय रुपमा काम गरिरहेको फ्रीडम फाउण्डेसनले नेटुवा समुदायको उत्थानका निम्ति पनि काम सुरु गरेको हो ।
उक्त वर्कशपमा नेटुवा समुदायका मुद्दाहरुलाई सम्बन्धित निकायमा पुर्याउनको लागि कलात्मक तरिका बाट गर्न सकिने कामको बारेमा छलफल गरिएको थियो । छलफलमा नेटुवा समुदाय अल्पसंख्यकको सुचिमा पर्ने थुप्रै आधार भएपनी सुचिमा नपारिएको विषयलाई प्रमुख मानी छलफल गरिएको थियो ।
संस्थाका आर्ड्भोकेसी डिरेक्टर प्रतीक कर्मचार्यले कार्यक्रम माथी प्रकाश पार्नुभएको थियो भने जिल्ला संयोजक विकास थापाले सहजीकरण गर्नुभएको थियो ।
नेटुवा समुदाय विषेशगरि नेपालका कपिलवस्तु, रुपन्देही लगायतका जिल्लामा रहेको एक समुदाय हो । राज्यले अल्पसंख्यक जातिका रुपमा सुचीकृत नगरे पछि उनिहरुले भत्ताबाट बञ्चित हुँदै आएको गुनासो गरेका छन । आफू सरहकै पत्थरकट्टा जातिका ब्यक्तिहरुले मासिक रुपमा सामाजिक सुरक्षा भत्ता पाउदै आए पनि आफुहरुले भने अहिलेसम्म भत्ताबाट बंचित हुदै आएको दुखेसो पोखेका छन । सरोकारवालाहरुलाइ पटकपटक आफ्नो आफ्नो आवाज व्यक्त गरेता पनि सम्बन्धित पक्षले बेवास्ता गरेको नेटुवा जातीहरुले बताएका छन ।


