नियम कानुनलाई टेकेर वन व्यवस्थापन सम्बन्धि कार्य गर्नुहोस्ः सचिव काफ्ले

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेले वन व्यवस्थापनको लागि प्रदेश सरकारले केन्द्र र स्थानीय सरकार सङ्ग समन्वय गर्नुपर्ने बताउदै काम गर्न केहि बढी समय लाग्ने बताउनुभएको छ । नियम कानुनलाई टेकेर जाने हो भने वन व्यवस्थापन सम्बन्धि कार्यको लागि प्रदेश सरकारले सहयोग गर्ने उहाँले बताउनुभयो ।

बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपालले आइतबार कपिलवस्तुको बैरियामा गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सचिव काफ्लेले सामुदायिक, साझेदारी लगायत सम्पुर्ण वनहरुले ल्याउने योजनाहरु अनिमियतता नहुनेगरो कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले वन सङ्ग सम्बन्धित विभिन्न सङ्गठनहरु मिल्न नसक्दा उपभोक्ताहरु समस्यामा परिरहेको बताउनुभएको छ । वन सङ्ग सम्बन्धित नियम कानुनहरु प्रभावकारी नभएको भन्दै झगडा गर्न भन्दा ती नियम कानुनलाई परिमार्जन गर्न सबै सङ्गठन एकजुट भएर सरकारलाई दबाब दिन उहाँले सुझाउनुभयो । फरक प्रसङ्गमा मेयर अर्यालले कार्यक्रम स्थलमा आएपनि कार्यक्रममा सहभागी नभै जानुभएका प्रदेश मन्त्री अर्जुन के.सी. तर्फ सङ्केत गर्दै मन्त्री कार्यक्रममा बस्न नसक्नुका विभिन्न कानुनी तथा प्राविधिक कारण रहेको भन्दै त्यसको आलोचना गर्नु उपयुक्त नहुने बताउनुभयो ।

No description available.

बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपालका केन्द्रिय अध्यक्ष रेनु सेन, बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ लुम्बिनी प्रदेश महासचिव होम बहादुर गुरुङ, बाणगङ्गा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेल, मायादेवी साझेदारी वनका अध्यक्ष दिनेश जयसवाल, कोइलीचौर सामुदायिक वनका अध्यक्ष कुन्तामणी भुषाल, सुनिता गुवाजु लगायतले बोल्दै जुन सुकै वन भएपनि सबै सङ्गठनहरुको उद्देश्य वनको संरक्षण गर्नु नै रहेको बताउनुभयो । वनले रोजगार सृजना गर्दै उपभोक्ता सङ्गै राष्ट्रको आम्दानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपाल कपिलवस्तुका अध्यक्ष शेषकान्त बेल्वासेले आफुहरु बैज्ञानिक वन बाट आए जस्तै जो जुन सङ्गठन बाट आएपनि वनको दिगो र प्रभावकारी व्यवस्थापन प्रमुख उद्देश्य हुनुपर्ने बताउनुभयो । साथै उहाँले वन मन्त्री कार्यक्रममा सहभागि नहुँदा उपस्थितलाई खल्लो महशुस भएको समेत बताउनुभयो ।

मन्त्रीलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री नै नबसेपछि उपस्थित सङ्गै बोल्ने केहि वक्ताहरूले आक्रोश व्यक्त गरेका थिए । मन्त्री भएपछि जनताको बिचमा आउन नसक्ने मन्त्री सांसदले राजिनामा दिनुपर्ने भन्दै मन्त्री के.सी. को राजिनामा समेत माग गरेका थिए ।

कार्यक्रममा डिभिजिन वन कार्यालय कपिलवस्तुका डिभिजनल वन अधिकृत विजयराज सुवेदी, जनप्रतिनिधि, महासंघका पदाधिकारी, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायत विभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपाल कपिलवस्तुका अध्यक्ष शेषकान्त बेल्वासेको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष निल कुमार श्रेष्ठको स्वागत तथा गंगा भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *