नब प्रतिभाबाट सम्मान भईन शितगंगाकी (परि)

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

अर्घाखाँची  अर्घाखाँची को शितगंगा नगरपालिका कि प्रतिभा क्षेत्री (परी) राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल लुम्बिनी प्रदेशको छैठौ साधारण सभा बाट सम्मानित भएकि छिन । दाङ जील्लाको राप्ती गाउँपालिकामा सम्पन्न छैटौं बार्षिक साधारणसभा को कार्यक्रम वाट उनि नब प्रतिभा सम्मान पुरस्कार बाट सम्मानित भएकि हुन ।

शितगंगाकि क्षेत्रीले शितगंगा प्रथम महोत्सववाट आफनो कलकारिता क्षेत्रलाई सुरुवात गरेकि थिइन । भौगोलिक क्षेत्रका आधारले देशकै ठुलो नगरपालिका शितगंगा नगरपालिका को एक विकट गाउमा जन्मीएकी परिले यहाूँ सम्म आईपुग्दा धेरै दुख कष्ट वेर्हाेनु परे पनि घरपरिवारको साथ सहयोगले आफु सफल हुन पुगको वताउछिन ।

२०६० साल पौस १३ गते शितगंगा नगरपालिका वडा नं १३ मा जन्मेकी परि ले सानैदेखि कलकारिता क्षेत्रमा रुचि राख्ने गर्थिन । दर्जनौ म्युजिक भिडियो , दर्जनौ टेलिसिरिअल मा र सर्ट भिडियो हरुमा पनि अभिनय गरि आफुलाई दर्शक माझ चिनाउन सफल भएकि छिन ।

हाल उनि जुनतारा भन्ने टेलिसिरिअलमा मुख्य पात्रको भुमिका निर्वाह गरिरहेकि छिन । परीले २०८० साल भाद्र २६ गते विसाल म्युजिक अर्वाड काठमान्डौ प्रज्ञा प्रतिष्ठान भवन कमलादि वाट पनि सम्मानित भएकि थिईन । विसाल म्युजिक अर्वाड लुम्बिनि प्रदेश वुटवल वाट २०८० मा प्राप्त गरेकि थिईन । २०८१ भाद्र २९ गते दाङ जील्लाको राप्ती गाउँपालिकामा सम्पन्न छैटौं बार्षिक साधारणसभा कार्यक्रमको अबसरमा नब प्रतिभा सम्मान पुरस्कार बाट सम्मान गरेको मा सम्मान छनोट समिति का संयोजक केन्द्रिय सल्लाहकार खिम बहादुर हमाल तथा सदस्य ज्यूहरू लुम्बिनि प्रदेश अध्यक्ष लगायत कार्यसमिति सम्पूर्ण पदाधिकारि तथा सदस्यज्यूहरू र आफुलाई माया गर्नु हुने अभिभावकज्यूहरू तथा सम्पूर्ण लाई धन्यवाद व्यक्त गरेकि छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *