नगर प्रमुख नपुगेको बाणगंगा भित्र कुनै विद्यालय छैन: मेयर अर्याल

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले नगर भित्रका हरेक विद्यालयमा आफु कयौँ पटक पुगेको दाबी गर्नुभएको छ । शनिवार नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बाणगङ्गाको आयोजनामा भएको शिक्षकहरु सङ्ग नगर प्रमुख कार्यक्रममा सहभागि शिक्षकहरुको गुनासोहरुको सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

शिक्षाको गुणस्तर वृद्धि गर्न नगरपालिकाले भौतिक संरचनाको कामलाई हरेक विद्यालयमा करिब पुरा गरिसकेको भन्दै स्थानीय सरकारले गर्न सक्ने हरेक काममा नगर प्रतिबद्ध रहेको बताउनुभयो । नगर भित्रका विद्यलयहरुलाई प्रविधि सङ्ग जोड्नको लागि ‘एक विद्यालय एक ल्याप्टप’ कार्यक्रम आयोजना गरेको जानकारी गराउनुभयो । सरकारको निति र नियमकै कारण केहि समस्याको समाधान हुन नसकेको भन्दै त्यसको लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

No description available.

त्यस्तै बाणगङ्गा नगरपालिका उपप्रमुख रिता कुमारी चौधरीले शिक्षाको गुणस्तर वृद्धि गर्नेतर्फ नगर प्रतिबद्ध रहेको बताउनुभयो । हरेक वर्ष विभिन्न योजना ल्याइरहेको भन्दै त्यसलाई आगामि वर्षमा अझ प्रभावकारी बनाएर लैजानेमा ढुक्क हुन विद्यालय र शिक्षकहरुलाई आग्रह गर्नुभयो ।

No description available.

त्यस्तै शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तुका प्रमुख थानेश्वर घिमिरेले शिक्षकहरूले गर्ने हरेक कार्यले विद्यार्थीहरुमा सकारात्मक प्रभाव पार्न सक्नुपर्ने बताउनुभयो । २१ औं शताब्दीका शिक्षकहरू बाट तालिम पाइएन भन्ने आवाज आउनु लज्जास्पद हुने बताउनुभयो । अबको समयमा प्रविधिको उच्चतम सदुपयोग गर्न नसके प्रभावकारी शिक्षण हुनै नसक्ने उहाँले बताउनुभयो ।

No description available.

त्यस्तै बाणगङ्गा नगर प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले सरकारको निति नियमकै कारण शिक्षामा आवश्यक सुधार हुन नसकेको बताउनुभयो । शिक्षकहरु दत्तचित्त भएर आफ्नो कर्ममा लाग्न सके शिक्षाको गुणस्तरमा धेरै परिवर्तन आउन सक्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कपिलवस्तुका पुर्व अध्यक्ष झबिलल पोख्रेल, स्थानीय पाठ्यक्रम निर्माण नगर संयोजक डम्बर शर्मा, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कपिलवस्तुका अध्यक्ष तथा जनता मा.वि. का प्रधानाध्यापक रमेश पन्थी लगायतले नेपालमा शिक्षाको गुणस्तर वृद्धि गर्न तिनै तहका सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्ने अधिकाशं शिक्षकहरुले नगर बाट बाहिर गैरहेका विद्यार्थीहरुलई रोक्न पालिकाले विशेष कदम चाल्नुपर्ने बताए । नगर भित्र कयौँ गुणस्तरीय विद्यालय रहेपनि विद्यार्थी अन्यत्र गैरहेको समस्या तर्फ सबै गम्भिर बन्नुपर्नेमा जोड दिएका थिए । त्यस्तै उनीहरुले सेवा सुविधा वृद्धि गर्नुपर्ने, विद्यालयमा भौतिक पुर्वाधार तथा शैक्षिक सामाग्रीको अपुर्णता, शिक्षकहरुको विषयगत दक्षता बिकास गर्नको लागि पालिकाले योजना ल्याउनुपर्ने, सामुदायिक र संस्थागत दुबै विद्यालयाका शिक्षकहरुलाई नगरपालिकाले एउटै दृष्टिकोण बाट हेर्नुपर्ने, हरेक शुक्रबार गरिने अतिरिक्त क्रियाकलापको लागि आवश्यक आर्थिक स्रोतको व्यवस्थापन गर्नुपर्ने, बालविकास कक्षाका विभिन्न समस्याहरु राखेका थिए ।

No description available.

 

नगर शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जि.सी.ले नगरमा शिक्षाको अवस्था र भावि कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । त्यस्तै जनता माध्यमिक विद्यालयका शिक्षक उज्ज्वल अधिकारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

No description available.

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बाणगंगाका अध्यक्ष विष्णु कुमार थापाको अध्यक्षता, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन नगर सदस्य विक्रम बेल्वासेको स्वागत र नगर उपाध्यक्ष सरस्वती गौतमको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा वडा अध्यक्ष, जनप्रतिनिधि, शिक्षक सङ्ग सम्बन्धित विभिन्न सङ्गठनहरुका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि लगायत बाणगंगा नगरपालिका भित्रका विभिन्न विद्यालयमा अध्यपनरत शिक्षकहरुको उपस्थिती रहेको थियो ।

No description available.

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *