दुई मन्त्रालय नदिए लुम्बिनीका मुख्यमन्त्रीलाई नाउपले विश्वासको मत नदिने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

दाङ । नागरिक उन्मुक्ति पार्टीले दुईवटा मन्त्रालय नदिए मुख्यमन्त्री जोखबहादुर महरालाई विश्वासको मत नदिने भएको छ । महराले शुक्रबार दिउँसो १ बजे लुम्बिनी प्रदेश सभामा विश्वासको मत लिँदैछन् ।

नाउपका चार सांसद छन् । ‘हामीलाई दुई मन्त्रालय दिने एमाले–माओवादी गठबन्धनले पहिला लिखित सहमति गर्नुपर्छ,’ नाउप संसदीय दलका प्रमुख सचेतक राजकुमार चौधरीले भने, ‘भौतिक पूर्वाधार मन्त्रालय र अर्को जुन भएपनि राम्रो मन्त्रालय चाहिन्छ । मन्त्रालय दिने सहमति नगरे हामी विश्वासको मत दिँदैनौं ।’ यसअघि कांग्रेसका डिल्लीबहादुर चौधरीको नेतृत्वको सरकारमा नाउप संसदीय दलका नेता धर्मबहादुर चौधरी भौतिक मन्त्री थिए ।

बिहीबार बेलुका बस्ने दलको बैठकले विश्वासको मत दिनेरनदिनेबारे निर्णय गरिने उनले बताए । उनले सरकार बनाउन सहयोग गरेपनि गठबन्धनले नाउपलाई खासै महत्त्व नदिएको उनको गुनासो छ ।

मुख्यमन्त्री महरालाई एमाले २९, माओवादी १०, नाउप ४, जसपा ३, नेकपा एस १ र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदले समर्थन गरेका छन् ।

प्रदेशसभामा रहेका ८७ सांसद मध्ये एक निलम्बनमा परेपछि ८६ सांसदमा बहुमतको लागि ४४ सांसद पुर्‍याउन प्रदेश सभामा ३ सांसद रहेको जसपालाई सहरी विकास तथा पर्यटन मन्त्रालय र कृषि भूमी व्यवस्था मन्त्रालय दिने लुम्बिनीका दलहरुबीच ७ बुँदे लिखित सहमति भएको थियो । जसपा संसदीय दलका नेता भण्डारीलाल अहिर विना विभागीयमन्त्री बनेका छन् ।

यस्तै स्वतन्त्र सांसद खड्क बस्नेत र नेकपा एसकी सांसद भगवती अधिकारीलाई सरकारमा समावेश गर्ने सहमित गरेका छन् ।

नाउपाले अन्तिममा महरालाई समर्थन गरेको थियो । त्यस अघि नै जसपा, स्वतन्त्र र एसलाई मन्त्रायलय दिनेमा सहमति भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *