डान्स स्टार बाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । जारी प्रथम कपिलवस्तु व्यापार मेला एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीअन्तर्गत संचालित ‘प्रथम डान्स स्टार’ प्रतियोगिताको छैठौं दिनसम्म कुल १९ जना प्रतिस्पर्धी बाहिरिएका छन् । ११ जना प्रतिस्पर्धामा रहेको आयोजकले जनाएको छ ।

पाँचौ दिन भोटिङ प्रक्रियाबाट थप दुई जना प्रतिस्पर्धी बाहिरिएका हुन् । छैठौ दिन मंगलबार भएको ४० प्रतिशत भोट र ६० प्रतिशत निर्णायकको निर्णयलाई आधार मान्दौ थप २ जना बाहिरीएका हुन् । स्टार प्रतिस्पर्धाको मंगलबार भएको प्रस्तुतीको नतिजा बुधबार सार्वजनिक गरिएको हो । संयोजक असिम कडेल क्षेत्रीका अनुसार नतिजा निकाल्दा ४० प्रतिशत भोट र ६० प्रतिशत निर्णायकको निर्णयलाई आधार मानिएको छ ।

मेला अन्तर्गतको सांस्कृतिक आकर्षणका रूपमा प्रस्तुत ‘डान्स स्टार’ मा सहभागीहरूको प्रस्तुती, लोकप्रियता तथा नृत्य क्षमता मूल्यांकनका आधारमा आगामी चरणका प्रतिस्पर्धी चयन गरिने बताइएको छ। आयोजकका अनुसार प्रतियोगिता क्रमशः रोचक बन्दै गएपछि दर्शकहरूको सहभागिता पनि बढ्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *