टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

दाङ । दाङमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गएराति घोराही –तुलसीपुर सडक खण्ड अन्तर्गत सौरी कुलामा घोराहीबाट तुलसीपुर जाँदै गरेको लु २ ख ५०८५ नम्बरको टिपरले विपरीत दिशातर्फ आइरहेको बा ८५ प ५६०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा परि घोराही ९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको दाङका प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिए ।

टिपरको ठक्करबाट गम्भीर घाइते बस्नेतको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको थियो। मृतकका आफन्तले अहिले दाङको घोराही तुलसीपुर सडकखण्ड अवरुद्ध पारेका छन् ।

टिपर चालकलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै पीडितका आफन्तले सडक अवरुद्ध पारेका हुन्।- थाहा खबर

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *