आफैँले चलाएको गोली लागेर सेनाका जवानको मृत्यु

नवलपरासी २० साउन । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) मा कार्यरत नेपाली सेनाका एक जवानको आफैँले चलाएको गोली लागेर मृत्यु भएको छ। कावासोती नगरपालिका–७ बाँदर झुलामा रहेको नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी सेक्टर बाँदर झुला पोस्टमा कार्यरत नेपाली सेनाका जवान २२ वर्षीय सुदीप मिजारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व ) का प्रहरी […]
स्कुल बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

विराटनगर । स्कुल बसको ठक्करबाट मोरङको रंगेलीमा साइकल यात्रीको मृत्यु भएको छ । आइतबार बिहान विद्यार्थी लिनका लागि विराटनगरबाट जाँदै गरेको अरनिको स्कुलको गाडीले ठक्कर दिँदा धनपालथान गाउँपालिका–३ मायागञ्जका ५५ वर्षीय जगन्नाथ ठाकुरको मृत्यु भएको हो । तीब्र गतिमा रहेको को १ क १७०० नम्बरको बसले रंगेली नगरपालिका–२ चेका पुलमा आइतबार बिहान ९ः४५ बजेतिर ठाकुर […]
मर्दी बेस क्याम्पबाट ६ महिना अघि बेपत्ता स्वीडिस नागरिकको अवशेष फेला

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको मर्दी हिमालको आधार शिविरमा शुक्रवार मानव अवशेष फेला परेको छ। अवशेष गएको पुस १४ गतेदेखि सम्पर्कविहीन भएका २२ वर्षीय माइकल लिउको भएको पुष्टि भएको छ। कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले अवशेष लिउकै भएको पुष्टि भएको जानकारी दिए। ‘स्विडेनमा रहेको परिवारले भेटिएका कपडाको ब्रान्ड, मोबाइल आदिबाट लिउकै भएको पुष्टि गर्नुभएको […]
कपिलवस्तुको कृष्णनगरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर

कपिलवस्तु । स्व.वक्तावारीदेवी गोयल कल्याणकारी कोषले युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस भैरहवाको समन्वयमा शनिबार एक दिने निःशुल्क स्वास्थ्य शिविर गरेको छ । कपिलवस्तुको कृष्णनगरमा अवस्थित लक्ष्मीनारायण मन्दिर धर्मशाला परिसरमा उक्त निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको होे । स्वास्थ्य शिविरमा करिब ४५० जना बिरामीहरूले आफ्नो स्वास्थ्य जाँच गराएका छन् । शिविरमा सामान्य चिकित्सक, महिला रोग, हाडजोर्नी […]
शुक्रवार अहिलेसम्मकै उच्च भएको सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घट्यो

काठमाण्डौ – अस्ति शुक्रवार अहिलेसम्मकै उच्च भएको सुनको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँ घटेको हो । गएको शुक्रवार सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ४९ हजार नौ सय रुपैयाँ पुगेको थियो । आज भाउ घटेर तोलाको एक लाख ४९ हजार सात सय […]
यी ६ प्रदेशमा आज वर्षाको भारी सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाकारी दिएको छ । जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। देशभर केही […]
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दाङ । दाङमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । गएराति घोराही –तुलसीपुर सडक खण्ड अन्तर्गत सौरी कुलामा घोराहीबाट तुलसीपुर जाँदै गरेको लु २ ख ५०८५ नम्बरको टिपरले विपरीत दिशातर्फ आइरहेको बा ८५ प ५६०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा परि घोराही ९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको दाङका […]
चितवनमा बाघको आक्रमणबाट एक जना घाइते
चितवन । चितवनमा बाघले आक्रमण गरेर एक जनालाई घाइते बनाएको छ । बिहान घुमफिरमा गएको बेला भरतपुर महानगरपालिका–२ बेलटाडीका ६० वर्षीय पशुपति श्रेष्ठलाई बाघले आक्रमण गरेर घाइते बनाएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । मुख र हातमा चोट भएका श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बाघको खोजीका लागि जिल्ला वन कार्यालयबाट […]