जनता मा.वि. पिपराले  भोलि बालबालिकालाई निशुल्क भर्ना सहित अक्षरारम्भ गराउँदै 

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन , कपिलवस्तु । बसन्त पञ्चमी अर्थात्  सरस्वती पूजाको अवसरमा जनता माध्यमिक विद्यालयले  माघ २१ गते अर्थात भोलि विद्यालय सुरु गर्ने उमेर पुगेका बालबालिकाहरूको लागि  मन्टेश्वरीमा विधिपूर्वक निशुल्क भर्ना सहित अक्षरारम्भ कार्यक्रम सञ्चालन गर्न लागेको  विद्यालय जनाएको छ ।

कपिलवस्तुको बाणगङ्गा २ पिपरामा रहेको जनता माध्यमिक विद्यालय प्रदेशकै उत्कृष्ट र नेपालको टप विद्यालय भित्र पर्न सफल भएको छ ।   हालै सम्पन्न बाणगङ्गा नगरपालिकाको १६ औ नगरसभा बाट  सर्वोत्कृष्ट  शिक्षण प्रदानको अवार्ड समेत प्राप्त गरेको थियो । शैक्षिक गुणस्तरकै कारण यस विद्यालय विद्यार्थी तथा अभिभावकको रोजाइमा समेत पर्न सफल भएको छ ।

विषेश गरी अभिभावकहरूले आफ्ना नानीबाबुका लागि जनता मावि नै रोज्ने गरेका पाइन्छ  । यहाँको सिकाइ पद्धति, बालमैत्री वातावरण , बालबालिकाका लागि छुट्टै गाडीको ब्यवस्था, नियमित स्वास्थ्य परिक्षण , खेल बिधि बाट सिकाइ , निशुल्क भर्ना , मासिक फि मा  विषेश छुट , उत्कृष्ट नतिजा आदिका कारण  बालबालिकाको  पहिलो रोजाइमा परेको उनिहरु बताउछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *