चुनढुंगा उत्खनन अनुमतिपत्र छानबिन गर्न प्रहरीमा उजुरी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

अर्घाखाँची । भुमिकास्थान नगरपालिकाले किर्ते कागज पेस गरेर चुनढुंगा उत्खननका लागि अनुमति लिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ।

नगर प्रमुख झविलाल थापाले जिल्ला प्रहरी कार्यालयमा किर्ते कागज पेस गरेर चुनढुंगा उत्खननका लागि अनुमति लिएकाले छानबिनका लागि निवेदन दिएको बताएका छन्। किर्ते गर्नेलाई कारबाही मागसहित प्रहरीमा निवेदन दिइएको उनको भनाइ छ।

भूमिकास्थान नगरपालिका– ९, सानोडेभामा रहेको चुनढुंगा उत्खनन अनुमति–पत्र किर्ते रहेको भन्दै मेयर थापाले कार्यालयबाट लेटरप्याड, छाप र हस्ताक्षर चोरी भएको बताउँदै आएका छन्।

नगरपालिकाले किर्ते भनेर दाबी गरेको १५ दिनपछि बल्ल नगरले प्रहरीमा उजुरी गरेको हो। चैत ५ गते नगरपालिकामा पत्रकार सम्मेलन आयोजना गर्दै मेयर थापाले यो आफू र नगरमाथि षड्यन्त्र भएको र यसको कानुनी पाटोमा जाने बताएका थिए।

कपिलवस्तुको कृष्णनगरस्थित विजया सिमेन्ट्स प्रालिले २०८० फागुन १४ गते खानी तथा भूगर्भ विभागबाट चुनढुंगा उत्खनन अनुमति पत्र पाएको थियो। नगरपालिकाको कार्यालयले २०८० मंसिर ५ गते खानी तथा भूगर्भ विभागलाई आशय पत्र पठाएको देखिन्छ।

मंसिर ५ गते नगरपालिकाको लेटरप्याडमा नगर प्रमुख थापाको हस्ताक्षरसहितको पत्र विभागलाई गएको छ। आफूहरुले कुनै पत्र नदिएको भन्दै त्यसलाई नगरले किर्ते भन्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *