बाँके कारागारका एक जना कैदीको मृत्यु

नेपालगन्ज। नेपालगन्जस्थित बाँके कारागारका एक जना कैदीको मृत्यु भएको छ। कारागारका जेलर अर्जनजंङ्ग शाहले दिनुभएको जानकारी अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ का ६६ वर्षीय अब्दुलवारी जोलाहको हृदयाघातले मृत्यु भएको हो। जेलर शाहका अनुसार बुधबार बिहान जोलाहको स्वास्थ्यमा समस्या आई एक्कासि छाती दुखेपछि उनलाई उपचारका लागि तत्काल भेरी अस्पतालमा पुर्‍याएकोमा त्यहाँको त्यहाँ मृत्यु भएको थियो। […]

थ्रीस्टारलाई १-० ले हराउँदै नेपाल पुलिस फाइनलमा प्रवेश

कपिलवस्तु । थ्रीस्टारलाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको उपाधिनजिक पुगेको छ ।कपिलवस्तुस्थित बुद्ध रंगशालामा बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा पुलिसले थ्रीस्टारलाई १–० गोल अन्तरले पराजित गरेको हो । पुलिसका लागि विवेक पाण्डेले गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको ५१औँ मिनेटमा गोल गरेका थिए । पुलिसले उपाधिका लागि सुदूरपश्चिम–११ […]

सुनको भाउमा नयाँ रेकर्ड, तोलाको १ लाख ३३ हजार

काठमाण्डौ । सुनको भाउ आज अहिलेसम्मकै उच्च भएको छ । आज एकैदिन तोलामा १ हजार ८ सय रुपैयाँले बढेर सुनको भाउ अहिलेसम्मकै सबैभन्दा धेरै तोलाको १ लाख ३३ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको १ लाख ३१ हजार २ सय रुपैयाँ थियो । यसअघि अस्ति सोमवार तोलाको […]

चुनढुंगा उत्खनन अनुमतिपत्र छानबिन गर्न प्रहरीमा उजुरी

अर्घाखाँची । भुमिकास्थान नगरपालिकाले किर्ते कागज पेस गरेर चुनढुंगा उत्खननका लागि अनुमति लिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ। नगर प्रमुख झविलाल थापाले जिल्ला प्रहरी कार्यालयमा किर्ते कागज पेस गरेर चुनढुंगा उत्खननका लागि अनुमति लिएकाले छानबिनका लागि निवेदन दिएको बताएका छन्। किर्ते गर्नेलाई कारबाही मागसहित प्रहरीमा निवेदन दिइएको उनको भनाइ छ। भूमिकास्थान नगरपालिका– ९, […]

लुम्बिनीका तीन मुख्य सहरहरूमा सेवा बिस्तार गर्दै पठाओ

रुपन्देही । राइड सेयरिङ व्यवसायमा परिचित कम्पनी पठाओले लुम्बिनी प्रदेशका मुख्य सहरहरू बुटवल, नेपालगञ्ज र भैरहवामा सेवा बिस्तार गर्न लागेको छ । पठाओले लुम्बिनीका तीनसहित मुलुकभर थप १७ सहरमा ‘बाइक राइड’ सेवा बिस्तार गर्न लागेको हो । मुलुकभर सेवा बिस्तार गर्ने नीतिअनुसार बागमती प्रदेशको काठमाडौँ उपत्यका र चितवनमा मात्रै सीमित पठाओको सेवा छिट्टै थप सहरमा […]