चेतन विष्ट, कपिलवस्तु । चिल्ड्रन प्याराडाइस इङ्गलिश बोर्डिङ्ग स्कुलको वार्षिकोत्सव, परिक्षाफल प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । बुधवार विद्यालयको प्राङ्गणमा विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कार वितरण तथा सम्मान गर्दै कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष बाबुराम अर्यालले विद्यार्थीहरुको मनोबल सङ्गै शैक्षिक गुणस्तर वृद्धि गर्न आवश्यक रहेको बताउनुभयो । पछिल्लो समय बालबालिकाहरुमा सिर्जनात्मक क्षमता घट्दै गएको भन्दै त्यसमा शिक्षक सङ्गै अभिभावक विशेष गम्भिर हुन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा शैक्षिक सत्र २०८० को परिक्षा फल प्रकाशन सङ्गै खेल सप्ताहमा विभिन्न खेलमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरष्कृत समेत गरिएको थियो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी, अभिभावक, समाजसेवी लगायतको उपस्थिती रहेको थियो । शिक्षिका बसन्ती कडेलको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा विभिन्न तहका विद्यार्थीहरुले नृत्य लगायतका प्रस्तुति समेत देखाएका थिए ।









