चितवनमा बाघको आक्रमणबाट एक जना घाइते

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चितवन । चितवनमा बाघले आक्रमण गरेर एक जनालाई घाइते बनाएको छ । बिहान घुमफिरमा गएको बेला भरतपुर महानगरपालिका–२ बेलटाडीका ६० वर्षीय पशुपति श्रेष्ठलाई बाघले आक्रमण गरेर घाइते बनाएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।

मुख र हातमा चोट भएका श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बाघको खोजीका लागि जिल्ला वन कार्यालयबाट एउटा टोली परिचालन भएको प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *