जनहित अनलनइन,बाणगंगा । कपिलवस्तुको चारनम्बरमा पञ्चामृत मिष्ठान्न भण्डार सञ्चालनमा आएको छ । चारनम्बर स्थित तौलिहवा रोडमा आज उद्घाटन भएसङ्गै सञ्चालनमा आएको सञ्चालक शंकर भट्टराईले जनहित अनलाइन सङ्ग बताउनुभयो ।
विगत लामो समयदेखी सञ्चालनमा रहेको पाण्डे स्विट्स कर्नर परिमार्जित भइ नयाँ व्यवस्थापनका साथ पञ्चामृत मिष्ठान्न भण्डारको रुपमा सञ्चालनमा आएको हो ।
पछिल्लो समय युवाहरु प्रदेशियको अवस्थामा आफुले भने आफ्नै देशमा व्यापार व्यवसाय प्रवर्दन गर्ने उदेश्यले होटल सञ्चालन गरेको बताउनुभयो ।
होटलमा स्वादिष्ट तथा गुणस्तरीय साकाहारी खाना खाजाका परिकार, पनिर, दुध, दहि, विभिन्न परिकारका मिठाई लगाएतका साकाहारीका सम्पुर्ण परिकारहरुको सुपथ मुल्यमा स्वाद लिन सकिने सञ्चालक भट्टराईले बताउनुभयो ।


