चारनम्बरमा खनाल दम्पतीको ‘द स्वर्मा हाउस एण्ड रेष्टुरेन्ट’

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाईन, कपिलवस्तु । रोजगारको सङ्कट लागिरहेको समयमा कपिलवस्तुको चारनम्बरमा एक दम्पतीले होटल व्यवसाय सुरु गरेका छन । विदेशीने लहर चलिरहेको समयमा नरेन्द्र खनाल र शान्ता खनाल दम्पतीले ‘द स्वर्मा हाउस एण्ड रेष्टुरेन्ट’ सञ्चालन गरेका हुन ।

फरक स्वाद र गुणस्तरलाई प्राथमिकतामा राखेर चारनम्बरको तौलिहवा रोड स्थित कृषि बिकास बैङ्कको साइडमा रेष्टुरेन्ट सञ्चालन गरिएको सञ्चालक नरेन्द्र खनालले बताउनुभएको छ । आफ्नो सिपलाई स्वदेशमै सदुपयोग गर्ने उद्देश्यले होटल व्यवसाय सञ्चालन गरेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार ‘द स्वर्मा हाउस एण्ड रेष्टुरेन्ट’ मा स्पेसल चिकेन स्वर्मा सहित विभिन्न किसिमका स्वर्मा, चिकेन सेफाली, चिकेन परौठा लगायत सम्पुर्ण किसिमका खाजा तथा नाष्ताका परिकार पाइने छ । खनाल करिब २ दशक देखि भैरहवा, बुटवल लगायत विभिन्न ठाउँमा होटल व्यवसाय सञ्चालन गर्दै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *