गुल्मीमा घाँस काट्ने क्रममा लडेर महिलाकाे मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, गुल्मी ।गुल्मीमा घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ। मृतयु हुनेमा जिल्लाको रेसुङ्गा नगरपालिका २ छापटोलाकी ४३ वर्षीय खुमकला थापा रहेको प्रहरीले जनाएको छ।

बिहीबार श्रीमानसँगै घाँस काट्न घर नजकिकैको दहडाँडा गएकी उनी लडेर घाइते भएकी थिइन्। घाइतेभएपछि उनलाई उपचारको लागि तम्घासस्थित गुल्मी अस्पताल ल्याइएको र उपचारको क्रममा बिहीबार दिउँसो ४ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *