गुल्मीमा एक महिला मृत फेला

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

तम्घास,।  गुल्मीमा शनिबार एक जना महिला मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ४ अर्खाबाङको पिस पार्क नजिकै महिला मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मृत फेला पर्नेमा सोही गाउँपालिकाको वडा नम्बर ८ डक्सुमारे माइती घरमा विगत सात वर्षदेखि बस्दै आउनुभएको अन्दाजी ४० वर्षीया गीता अर्याल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दहालले जानकारी दिनुभयो ।

निजले विगत देखिनै अत्याधिक मदिरा सेवन गर्दै आउने गरेको स्थानीयले बताएको र घटनाबारे थप अनुसन्धान जारी रहेको दहालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *