गुडिरहेको बसमा रुख बजारिँदा ८ यात्रु घाइते, एकको अवस्था गभ्भीर

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका- ५ बाङ्गेमा सडक माथिबाट पहिरो खसेर रुख माइक्रोबसमा बजारिँदा ८ जना घाइते भएका छन्। घाइतेमध्ये एकजना वृद्धको अवस्था गम्भीर छ।

सुख्खा पहिरो खसेर गुडिरहेको एउटा माइक्रोबसमा रुख ढलेर लाग्दा आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। पहिरोमा परेको माइक्रोबसका यात्रुलाई उद्धार गरी उपचारका लागि गजुरी अस्पताल पठाइएको छ। घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख गौतमकुमार केसीका अनुसार धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी–५ जरेखोला नजिक पहिरोमा परेको थियो। गम्भीर घाइते ७१ वर्षीय वृद्धलाई भने थप उपचारका लागि काठमाडौं पठाइएको केसीको भनाइ छ।

माइक्रो बसमाथि रुख बजारिएपछि अवरुद्ध भएको सडक खुलाउने काम भइरहेको छ। राजमार्ग अवरुद्ध बनेका कारण काठमाडौं भित्रने र बाहिरिने सवारी रोकिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *