गाँजासहित बुटवलबाट ३ जना पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बुटवल । पाल्पादेशि बुटवलतर्फ गाँजा ल्याउँदै गरेको अवस्थामा ३ जनालाई शनिबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय बुटवलले बुटवल उपमहानगरपालिका–१३ बदेलपोखरीबाट करिब १ किलो ५ सय ग्राम गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।

पाल्पा रिब्दिकोट गाउँपालिका–५ बस्ने मोहन रेग्मी र अन्य २ जनालाई पक्राउ गरिएको हो । पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको लु। २ च। ६१८४ नम्बरको पिकअप जिपलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी जिपमा सवार उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *