गरिबी निवारणका लागि बुद्ध सामुदायिक वनले सुरु गर्यो करिब ३५ लाखको घुम्तिकोष

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवसतु । अर्घाखाँचीको शितगंगा–१४ मा रहेको बुद्ध सामुदायिक वन उपभोक्ता समुहले गरिबी निवारण अन्तर्गत ३५ लाखको घुम्तीकोष सञ्चालन गरेको छ । आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम सुरु गरिएको हो ।

कार्यक्रममा बोल्दै वडा नम्बर १४ का वडा अध्यक्ष दामोदर न्यौपनेले वनको आर्थिक स्रोतलाई व्यवस्थापन गर्न सके आफ्नो गाउँ सङ्गै देश बनाउन समय नलाग्ने बताउनुभायो । गरिबी निवारण अन्तर्गत उपभोक्ताहरुलाई आर्थिक सहयोग गरिएको भन्दै उक्त रकमको सहि सदुपयो गर्न उहाँले जोड दिनुभयो ।

त्यस्तै बाणगंगा सव डिभिजन वन कार्यालय अर्घाखाँचीका वरिष्ठ वन अधिकृत अर्जुन चापागाईले गरिबी निवारण अन्तर्गत प्रदान गरिएको आर्थिक सहयोग परिवारको आर्थिक अवस्था सुधार गर्नेमा जोड दिनुभयो ।

त्यस्तै वनकी अध्यक्ष दिलमाया पुनले उपभोक्ताहरुलाई ३ प्रतिशत ब्याजदरमा करिब ३५ लाख रकम प्रदान गरिएको जनहित अनलाइन सङ्ग बताउनुभयो ।

कार्यक्रममा वनका पदाधिकारी, उपभोक्ता लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *