बिष्णु खरेल ,बाणगंगा । कपिलवस्तुको बाणगंगा नगरपालिका- ९ भर्तापुरकी ६ वर्षीय बालिका माहिरा विश्वकर्मा पछिल्लो छ महिनादेखि क्यानसर रोगसँग लडिरहेकी छन् । उनको उपचारमा आर्थिक अभाव भएपछि थप उपचारमा समस्या भएको भन्दै माहिरा परिवारले दाताहरूसँग सहयोग मागेका हुन ।
सोहि क्रममा यता बुहारी ग्रुप अफ लुम्बिनी प्रदेशले माहिराको उपचारका लागि आर्थि सहयोग गरेको छ । ग्रुपकि अध्यक्ष अनिता बन्जाडे , बिश्नु गौतम र रचना खनालको नेतृत्वमा संकलन भएको आर्थिक रकम आज पौस २९ गते सोमबार उनको घरमा पुगि स्वास्थ्य लाभको कामना गर्दै आर्थिक स्वरुप रु ३०९५० (तीस हजार नौ सय पचास ) रुपैयाँ सहयो गरेको ग्रुपले जनहित अनलाइन सङ्ग बताएको छ ।
ग्रुपकि संथापक अध्यक्ष अनिता बन्जाडे , सदस्य कृष्णा पुरि , बिन्दु आचार्य , गङ्गा न्यौपाने र अर्चना बस्नेतको उपस्थितिमा बिरामिको परिवारलाई उक्त रमक बुझाएको हो ।
बिगत ६ महिना देखि विभिन्न अस्पतालहरुमा उपचार गर्दा रोग निको नभई हाल पाटन अस्पताल काठमाडौंमा उपचार भइरहेको उनका परिवारले बताएका छन् ।


