कोहलपुर नगरपालिकाले पानीको गुणस्तर परीक्षण गर्दै

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले नगरपालिकाभित्र रहेका पानी उद्योगहरूको उत्पादित पानीको परीक्षण गर्न नमुना सङ्कलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पठाएको छ ।

उद्योगहरूले उत्पादन गर्ने पानीको गुणस्तर नभएको भनी पटक पटक स्थानीयबासीले गुनासो गरेपछि नगरपालिकाले नमुना परीक्षणका लागि प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पठाएको कोहलपुर नगरपालिकाका अधिकृत अग्निप्रसाद आचार्यले बताउनुभयो ।

लाइफ ओके पानी उद्योग, आरुस पानी उद्योग, झरना पानी उद्योग, श्री पानी उद्योग, वर पिपल पानी उद्योगको उत्पादित पानीको नमुना सङ्कलन गरी प्रविधि तथा गुण नियन्त्रणमा पठाइएको नगरपालिकाले जनाएको छ।

यसैगरी, नगरपालिकाभित्र पानी वितरण गर्दै आएको बैजनाथस्थित न्यू सिटीमा रहेको मध्यपश्चिम पानी उद्योगको नमुना समेत परीक्षणका लागि पठाइएको छ ।

पानी उद्योगको गुणस्तरको विषयमा उद्योगीहरूले पनि विभिन्न किसिमको आरोप खेप्दै आएका छन् । नमुना परीक्षणको रिपोर्टपछि व्यवसायीले झेल्दै आएको समस्या पनि समाधान हुने अपेक्षा गरिको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *