कपिलवस्तु । पछिल्लो समय सांगठनिक संरचनालाइ व्यापक बनाउदै राष्ट्रिय स्वतन्त्र पार्टी कपिलवस्तुले सनिबार जिल्लाको बिस्तारित बैठक सम्पन्न गरेको छ।
जिल्ला सभापति शिव कुमार सुवेदीको सभापतित्वमा भएको उक्त कार्यक्रममा रास्वपा केन्द्रिय संगठन बिभाग सदस्य तथा कपिलवस्तु इन्चार्ज गोपाल घिमिरेको प्रमुख आतिथ्यता रास्वपा प्रवास भारतका इन्चार्ज डोलराज भण्डारी,रास्वपा केन्द्रिय प्रचारप्रसार बिभाग सदस्य मिर्जा रसिद वेग,केन्द्रिय सल्लाहकार सदस्य बिस्णुहरी आचार्य ,केन्द्रिय प्रशिक्षण बिभाग सदस्य नारायण खनाल,लुम्बिनी प्रदेश प्रवक्ता कमल प्रसाद पोख्रेलको विशिष्ट अतिथ्यतामा बुद्दभुमी उद्योग बाणिज्य संघको सभाहलमा बिस्तारित बैठक सम्पन्न भएको छ।
कार्यक्रममा पार्टीलाइ छोटो समयमा यो अवस्थामा पुराउदै परिवर्तनको घण्टी बजाउन तम्तयार रहनुभएका उपस्थित सबैलाई आफ्ना गहकिला मन्तव्य सहित जिल्ला उपसभापति बिक्रम थापाले स्वागत गनुभएको थियो।
उक्त बिस्तारित बैठकमा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथी बक्ता गोपाल घिमिरेले जेन्जी आन्दोलन पछि बनेको नयाँ सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचनको मिति तय गरेपछी निर्वाचन आयोगमा नयाँ दल दर्ता हुने प्रक्रियासँगै परिवर्तनको लागि वैकल्पिक शक्तिको रुपमा पहिचान बनाएको राष्ट्रिय स्वतन्त्र पार्टी आगामी निर्वाचनपछि वैकल्पिक शक्ति मात्र नभएर मूलधारको राजनीति बाट परिवर्तनको दिसानिर्देस गर्न देस ब्यापी रुपमा सांगठनिक संरचना मजबुत बनाउदै अगाडि बढ्ने क्रमलाइ सबै परिवर्तनकारिहरुले आत्मसात गरि निरन्तरता दिन चौबीसै घन्टा सबैलाई आफ्नो सहयोग रहने घिमिरेले आफ्नो मन्तब्यमा प्रतिबद्धता जनाउनुभएको थियो।
कार्यक्रमका विशिष्ट अतिथि भारत प्रवासका इन्चार्ज डोलराज भन्डारि,सल्लाहकार बिस्णुहरि आचार्य ,लुम्बिनी प्रदेश प्रबक्ता कमल पोख्रेल लगायत सबै बक्ताले सबै वडामा परिवर्तनको लागि देखिएको उत्साहजनक सहभागिता ले अब परिवर्तनको बाटो कसैले छेक्न नसक्ने भन्दै प्रवास भारत लगायत सबै देसमा रहेका धेरै भन्दा धेरै साथिहरुलाइ आगामी निर्वाचनमा सहभागी बनाइ परिवर्तनको परिणाममा तन मन धन लगाएर लाग्न देश बिदेशमा रहेका आम नेपाली तम्तयार रहेको कुराले कार्यक्रम मा उत्साह थपिदिनुभएको थियो।
जिल्ला सभापति शिव कुमार सुवेदिको को राजनैतिक एबम सांगठनिक प्रतिवेदनमा बृहत् छलफल संगै विभिन्न तह र बिभागिय जिम्मेवारीमा तत्काल पदपूर्ति गरि सबैको यस्तै उत्साहजनक सहयोगले कपिलवस्तुका तीन वटै निर्वाचन क्षेत्र घन्टिमय बनाउनेमा लाग्न अनुरोध गर्दै आगामि परिणाम अप्रत्याशित बन्नेमा आफू बिस्वस्त रहेको कुरा ब्यक्त गर्नुभएको थियो।
सोही स्थानमा सम्पन्न भएको बुद्दभुमी वडा नम्बर २ को वडा अधिवेशनले बेल बहादुर कुंवरको सभापतित्वमा बडा समिति निर्वाचित गरेको छ। घन्टी टिनिनी बोलको गितमा बाल कलाकार सदिक्षा थापाको उत्कृष्ट सांगीतिक प्रस्तुति सहिदको कार्यक्रममा जिल्ल उपसभापति बिक्रम थापा,संगठन बिभाग प्रमुख रिखिराम भट्टराई ,जिल्ला सदस्य भागवत बेल्बासे,कृति मल्ल,मोहन बेल्बासे जिल्ला सल्लाहकार चिरञ्जीवी आचार्य ,शिव प्रसाद पौडेल लुम्बिनी प्रदेश सदस्य स्वेता गिरि, सदस्य देबिलाल कंडेल कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का सभापति हेमन्त श्रेष्ठ उपसभापति नवीन कुमार चौधरी सचिब लक्ष्मण कंडेल,क्षेत्र नम्बर २ का सभापति माधब पराजुली ,उपसभापति गंगा बस्नेत,अखिलेश्वर दुवे,अनुप मरासिनी क्षेत्र नम्बर ३ का सभापति महिला नेत्री निर्मला बि क बाणगङ्गा,बुद्दभुमी,शिवराज,कृस्णनगर,बिजयनगर,कपिलवस्तु नगरपालिका का सभापति क्रमशः बुद्दी सागर बेल्बासे,कमल प्रसाद भट्टराई ,बालकृष्ण पाण्डेय,साजिद अलि,लोकेस थापा रामु रेग्मी सहित जिल्लाभर गठित सबै वडा सभापति ,पदाधिकारी सदस्य सहित उल्लेख्य सुभेच्छुक सहितको उपस्थिति रहेको कार्यक्रम बाणगङ्गा नगर सभापति बुद्दी सागर बेल्बासेको सन्चालनमा सम्पन्न भएको छ।


