कांग्रेस एमालेसहित ४ दलको गठबन्धनसँग एक्लै भिडेको रास्वपा निकट दोब्बर मत अन्तरले विजयी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं। चन्द्रपुुर नगर उद्योग वाणिज्य संघको निर्वाचनमा चार दलीय गठबन्धनलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट उम्मेदवार उदय नारायण सापकोटा निर्वाचित भएका छन्।

पूर्वप्रधानमन्त्री माधव नेपाल, प्रभु साहलगायतका चर्चित नेताहरुको निर्वाचन क्षेत्र रहेको रौतहटमा कांग्रेस(एमालेलगायत चार दलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट सापकोटा अध्यक्षमा निर्वाचित भएका छन्।

रास्वपा अध्यक्ष रवि लामिछानेमाथि राजनीकि प्रतिशोध भएको भन्दै रास्वपाले देशव्यापी रुपमा हस्तक्षर अभियान चलाइरहेका बेला चन्द्रपुर नगर उद्योग वाणिज्य संघको निर्वाचनमा रास्वपाले सफलता पाएको हो।

अध्यक्षमा निर्वाचित सापकोटाले ५ सय २ मत प्राप्त गरेका छन् भने उनको प्रतिद्वन्द्वी चार दलीय गठबन्धनमा साझा उम्मेदवार सुनिल साहले मात्र २ सय ६९ मत प्राप्त गरेका छन्। सापकोटा भण्डै दोब्बर मतान्तरले विजयी भएका हुन्।

१ हजार ९७ मतदाता रहेको संघको सम्पन्न निर्बाचनमा ८ सय २ मत खसेको थियो। बिजयी भएपछि सापकोटाले भने चन्द्रपुरको पहिचान र ब्यबसायीको हितमा सदैब क्रियाशिल रहने बताए। अन्य सदस्य पदका उम्मेदबार निर्बिरोध निर्बाचित भएका थिए।

 

ँबअभदययप ऋयmmभलत

Leave a Reply

Your email address will not be published. Required fields are marked *