करेन्ट लागेर धनगढीमा एक महिलाको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

करेन्ट लागेर धनगढीमा एक महिलाको मृत्यु भएको छ।

बुधबार दिउँसो धनगढी उपमहानगरपालिका–२ की ६२ वर्षीया भागा भट्टको करेन्ट लागेर मृत्यु भएको हो।

उनी आफ्नै घरमा पानी तान्ने मोटरबाट अचानक करेन्ट लागेर घाइते भएकी थिइन्।

घाइते भएकी उनको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कविन्द्र बोहराले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *