कपिलवस्तु प्रशासनको आग्रहः आगलागीजन्य विपदका घटनामा सचेत बनौँ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले हावाहुरीको समय जोखिमपुर्ण रहेकाले यसबाट सावधानी अपनाउन आग्रह गरेको छ । एक सूचना जारी गर्दै प्रशासनले नेपाल बहु प्रकोपीय जोखिममा रहेको राष्ट्र रहेको भन्दै यतिबेला हावाहुरी र सुख्खा मौसमको सुरुवातसँगै अनेकौँ विपद आउने भन्दै सचेत रहन आग्रह गरेको हो ।

जोखिमको कारण प्रकोप विपदमा परिणत हुँदा ठूलो मात्रामा जनधनको नोक्सानी हुने गरेको छ । सुख्खा मौसमको सुरुवात सँगै अनेकौ प्रकारका विपद आउने गर्दछ । विशेषतः यस मौसममा हावा, हुरी चट्याङ, आगलागी, वन डढेलो जस्ता प्रकोप बढ्ने र यसले मानिसको दैनिक जीवनयापनमा गहिरो प्रभाव पार्ने र झाडा र पखाला लगायतका महामारी तथा सर्पदंशका घटना हुन सक्ने भएकाले यस तर्फ सचेत रहन जिल्ला प्रशासन कार्यालय हार्दिक अनुरोध गर्दछ । प्रशासनले जारी गरेको सूचनामा भनिएको छ ।

कपिलवस्तुका प्रमूख जिल्ला अधिकारी विश्व प्रकाश आर्यालद्धारा जारी सुचना अनुसार विगत केही दिन देखि यस जिल्लाका विभिन्न भू– भागहरुमा रहेका सामुदायिक वन तथा घर गोठमा आगलागी हुन गई धनमालको क्षति हुन गएको विवरण प्राप्त भईरहेको उल्लेख छ । सुख्खा मौसम, हावाहुरी तथा आगलागीबाट विपद्धन्य घटनाहरु बढ्दै जान सक्ने परिप्रेक्ष्यमा जिल्लाका सबै सरकारी निकाय, स्थानीय तह, संघ संस्था एवं नागरिक समाजले आवश्यक समन्वय तथा सहजीकरण गरी सचेतनामूलक कार्यक्रम गर्नुका साथै विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन प्रशासनले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *