कपिलवस्तु उद्योग वाणिज्य संघद्वारा ३ वर्षे प्रमुख योजनाहरु सार्वजनिक

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तु उद्योग वाणिज्य संघले ३ वर्ष भित्र गर्ने प्रमुख कार्यक्रमहरु सार्वजनिक गरेको छ । यहि असार ४ र ५ गते पाल्पाको तानसेनमा भएको योजना तर्जुमा गोष्ठीले आगामि तिन वर्ष भित्र विभिन्न कार्यक्रमहरु गर्ने निर्णय गरेको महासचिव नवदत्त घिमिरेले जनहित अनलाइन सङ्ग बताउनुभयो ।

No description available.

उक्त गोष्ठीले कार्यालय व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन डिजिटलाइजेसनको परिवेशलाई मध्यनजर गर्दै आर्थिक वर्ष २०८१/८२ भित्रै पुर्ण रुपमा संस्थाको आफ्नै वेबसाइट साथै सफ्टवेयरलाई प्रयोगमा ल्याइने निर्णय गरेको छ । त्यस्तै स्थानीय सरकार, घरेलु, आन्तरिक राजश्व कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय सङ्गको साझेदारी तथा सहकार्यमा तालिम तथा गोष्ठीहरु नियमित सञ्चालन गर्ने, धार्मिक तथा पर्यटकिय क्षेत्रहरुको प्रवर्द्धन गर्दै जिल्लालाई चिनाउन विशेष भुमिका निर्वाह गर्ने, ३ वर्ष भित्र कपिलवस्तुमा सम्भाव्यता अध्यन गरि लगानी सम्मेलन गर्ने निर्णय गरिएको छ ।

त्यस्तै साना करदाताहरुको लागि डे वान, डे टु कर तिर्ने तथा करचुक्ता लिने सुविधा कार्यालय बाटै उपलब्ध गराउने, व्यवसायीहरुको सहजताका लागि संघमा आवद्ध व्यवसायीहरुको संघद्वारा व्यवसायीक विमाको सेवा प्रदान गर्ने लगायतका निर्णय गरिएको महासचिव घिमिरेले जनहित सङ्ग बताउनुभयो ।

२ दिन सम्म चलेको गोष्ठीको समापनमा नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य तथा पाल्पा उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष मोहन प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कपिलवस्तु उद्योग वाणिज्य संघका सम्पुर्ण पुर्व अध्यक्षहरु, वर्तमान अध्यक्ष सहित पदाधिकारी, सल्लाहकार, पाल्पा उद्योग वाणज्य संघका महासचिव सहित अन्य पदाधीकारी लगायतको उपस्थिती रहेको कार्यक्रमको सहजिकरण गुणनिद्धि भुषाल र डाक्टर राम बहादुर राउतले गर्नुभएको थियो ।

सो अवरमा पाल्पा उद्योग वाणिज्य संघले कपिलवस्तु उद्योग वाणिज्य संघलाई स्वागत सहित सम्मान गरेको थियो ।

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *