कपिलवस्तु उद्योग बाणिज्य संघममा उपभोक्ता जागरण तथा उद्यमी सङ्ग अन्तरक्रिया

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु उद्योग बाणिज्य संघले उपभोक्ता जागरण तथा उद्यमी सङ्ग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय भैरहवाको अयोजना तथा कपिलवस्तु उद्योग बाणिज्य संघको सहजिकरणमा कार्यक्रम सम्पन्न भएको हो ।  उपभोक्ता सङ्गै व्यवसायीहरुलाई सचेत गराउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय भैरहवाका निर्देशक टुकराज पाण्डेको अध्यक्षता, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

May be an image of 4 people and text that says '대성제 T বाক Niê उपभोक्ता जागरण तथा उद्यमीसँग अन्तरत्रिया कार्यत्रम मित 상0더1/09\/9다 /ग गते मझलालबार स्मान: वाणगंगा .पा.-४, नितपुर, कपिलवस्त् संरर सয়य বলনুম สุข รน 반리제 सগ বঙভাময় आयोजक उद्योम व्ाणिज्य तथा उपमोक्ा सरक्षण निदेशनालय मैरहवा, पनदेड्ा កខា AE 60る iond M nan सहताकरण कचिलवस्त वाणडरा रध बागगंय कयपिसवनु'

कार्यक्रमका प्रमुख अतिथी कपिलबस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रिले पछिल्लो समय युवाहरु विदेश पलायन हुने क्रम बढीरहेको बताउदै  उद्योगहरुमा काम गर्ने कर्मचारी नपाउने अवस्था सृजना भएको बताउनुभयो । उहाले यूवाहरुलाई देशमा बस्ने वातावरण सृजना गर्नुपर्ने तर्फ सरकार ध्यानाकर्षण समेत गराउनुभयो । उहाले भारतिय खुला सिमानाको फाईदा उठाउदै अबैध चोरी तस्करीका कारण कपिलबस्तुको व्यापारीहरु मर्कामा परेको जिकिर गर्नु भयो । यस तर्फ पनि प्रशासनको ध्यान जान जरुरी रहेको औल्याउनुभयो ।

अन्तरक्रिया कार्यक्रमले उद्योगी व्यवसायीहरुको पिडालाई सम्बोधन गर्ने विश्वास लिएको बताउनुभयो । यस्तै कार्यक्रमका अध्यक्ष उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय भैरहवाका निर्देशक टुकराज पाण्डेले  देशकै स्रोत साधनलाई प्रयोगमा ल्याई उद्योगहरुको पुर्नउत्थान गर्ने तर्फ लागि परेको बताउनुभयो । उहाले उद्योग व्यवसाय दर्ता र नविकरणमा एकद्धार प्रणाली लागु भए उद्योगी व्यापारीहरुको हित हुने औल्याउनुभयो ।

यसैविच कपिलबस्तु उद्योग बाणिज्य सघंले मंगलबार नै कार्यायोजना तर्जुमा गोष्ठी तथा कलस्टर भेला सम्पन्न गरेको छ । संघमा आबद्ध व्यवसायिहरुको हकहितका निम्ती निरन्तर यस्ता कार्यक्रमको आयोजना गर्दै जाने संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले बताउनुभएको छ।

May be an image of 16 people and text

महासचिव नवदत्त घिमिरेको संचालनमा सुरु भएको कार्यक्रममा अध्यक्ष गणेश बहादुर क्षेत्रीको अध्यक्षता बरिष्ठ उपाध्यक्ष हुमनाथ पौडेलको स्वास्वगतमा सम्पन्न भएको हो ।  तालिममा संघका कानुनी सल्लाहाकार गुणानिधी भुषालले प्रशिक्षण दिनुभएको थियो । खासगरी कपिलबस्तु उद्योग बाणिज्य सघंको वर्तमान अवस्था विश्लेषण गर्ने , आगामी ३ बर्षको लागि स्पष्ट मागचित्र तयार गर्ने र संघका विभिन्न नेतृत्वमा रहेका व्यवसायिहरुको क्षमता अभिबृद्धिमा सहयोग गर्ने विषयमा सहभागिहरुलाई ५ वटा समुहमा विभाजन गरि समुह कार्य तथा छलफल समेत गराईएको थियो ।

गोष्ठी तथा भेलामा निर्वतमान अध्यक्ष डोलकराम घिमिरे, पुर्व अध्यक्ष तथा विरिष्ट सदस्य उमानाथ पौडेल,  खुमानन्द घिमिरे, बाणिज्य उपाध्यक्ष नारायण पौडेल, महिला उपाध्यक्ष मिना पौडेल लगाएत संघमा आबद्ध व्यवसायीहरुको सहभागिता रहेको थियो ।

May be an image of 10 people, people studying and table

Leave a Reply

Your email address will not be published. Required fields are marked *