कपिलवस्तु । कपिलवस्तु नगरपालिका( १ जमुहरा टोलमा फेरि दिदीभाईलाई विषालु सर्पले डसेको छ। सर्पको डसाईबाट भाईको अवस्था चिन्ताजनक रहेको बताइएको छ।
मंगलवार राति राकेश गुप्ताका ११ वर्षिय छोरा अनमोल गुप्ता र १५ वर्षिया छोरी अस्मितालाई सर्पले डसेको हो। अनमोलको अवस्था चिन्ताजनक रहेको र उनको प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको दिदी प्रियाले बताईन्।
बहिनी अस्मिताको अवस्था भने खतरामुक्त रहेको पनि उनले जानकारी दिइन्।
२ दिदी बहिनी र एक भाई राति खाटमासँगै सुतेको बेला भाई र बहिनीलाई सर्पले डसेको उनले बताइन्।
सर्पले डसेको बारे थाहा नभएको तर, राति २ बजे भाई बहिनीले वान्ता गर्न थालेको र रिगंटा समेत लागे पछि कपिलवस्तु अस्पताल लगिएको थियो। त्यहाँबाट गोरुसिंगेस्थित सर्पदंश उपचार केन्द्रमा उपचारका लागि लगिएको थियो। त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको हो।


