कपिलवस्तुमा मोटरसाइल दुर्घटनामा परी एक जनाको मृत्यु, एक गम्भीर घाइते

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । कपिलवस्तुमा मोटरसाइल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। जिल्लाको कपिलवस्तु नगरपालिका– ३ महिता चोक नजिकको मोडमा शनिबार बिहान साढे ९ बजेतिर मोटरसाइलक दुर्घटनामा परी एक जनाको मृत्यु हो।

मृत्यु हुनेमा रुपन्देहीको सैनामैना नगरपालिका– ५ गडवाका २३ बर्षिय कुमार थारु रहेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरि बहादुर ओलीले नागरिक न्युनलाई जानकारी दिए।

तौलिहवातर्फ आइरहेको लु ४४ प १३१४ नम्बरको मोटरासाइकल अनियन्त्रित भई सडकबाट केही तल खसेको बताइएको छ। उनी मोटरासाइकलको पछाडिको सिटमा बसेका थिए। दुर्घटनामा परी उनको टाउकोमा चोट लागेका थियो । त्यसपछि उनलाई उपचारका लागि तौलिहवा अस्पतालमा लगिएको र उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै,मोटरसाइलक चालक गडवा गाउँकै ३८ बर्षिय निर कुमार थारु गम्भीर घाइते भएका छन्। उनको कपिलवस्तु अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि युनिभर्सल मेडिकल कलेज भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *