कपिलवस्तुमा बेपत्ता बालक पोखरीमा मृत अवस्थामा फेला

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । कपिलवस्तुमा मङलबार देखि बेपत्ता भएका बालक पोखरिमा मृत अवस्थामा फेला परेको छन् । मृत बालक कपिलवस्तुको शुद्धोधन गाउँपालिका ३ लबनीका करिब १० वर्षको दुर्गेश कलवार रहेको छन् ।

मंगलबार दिउँसो करिब ३ बजे घरबाट खेल्ने क्रममा निस्केको बालक लबनी स्थिति हाट बजार नजिकैको पोखरीमा डुबेर तैरिरहेको अवस्थामा मृत फेला परेको ईलाका प्रहरी कार्यालय पकडीका निरीक्षक सुबाश खतीवडाले जानकारी दिए ।

निरीक्षक खतीवडाका अनुसार बालक दुर्गेश हिजा दिउसो ३ बजे घरबाट खेल्दै निस्केको थिए । खोजतलास गर्ने क्रममा बुधबार बिहान उनको शव पोखरीमा फेला परेको हो ।

पोखरीमा नुहाउन पस्दा डुबेरा उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *