कपिलवस्तुमा पोखरीमा डुबेर एक जनाको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । कपिलवस्तु नगपालिका वडा नम्बर ७ स्थित धमौलीमा भैँसीलाई नुहाउने क्रममा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ।

बिहीबार मध्यान्न भैँसीलाई नुहाउने क्रममा गाउँ नजिकै रहेको पोखरीमा डुबेर ४५ वर्षीय शिव प्रसाद खटिकको मृत्यु भएको हो।

पोखरीमा डुबेर बेपत्ता भए पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। पोखरीबाट शव निकालेर पोस्टमार्टम लागि कपिलवस्तु अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक कमल क्षेत्रीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *