६ महिनादेखि ५९ महिनासम्मका २८ हजार ७९ बालबालिकाको परीक्षण गर्दा एक हजार ८ सय ७९ बालबालिकामा कुपोषण देखिएको केन्द्रका तथ्यांक व्यवस्थापन अधिकृत सुस्मिता शर्माले बताइन् । १ सय २५ बालबालिकामा कडा खालको र एक हजार ७ सय ५४ बालबालिका मध्यम खालको कुपोषण देखाएको उनले बताइन् ।
सबैभन्दा बढी महाराजगन्ज नगरपालिकामा ८.६ र सबैभन्दा कम शिवराज नगरपालिकामा ३.२ प्रतिशत बालबालिका कुपोषित पाइएका छन् । विजयनगर गाउँपालिकामा आठ प्रतिशत, यशोधरा गाउँपालिकामा ७.८ प्रतिशत, मायादेवी गाउँपालिकामा ७.३ प्रतिशत र शुद्धोधन गाउँपालिकामा ५.९ प्रतिशत कुपोषित बालबालिका पाइएका छन् ।
कुपोषणकै कारण जिल्लाका धेरै बालबालिकामा रक्त अल्पताको समस्या देखिएको स्वास्थ्य कार्यालय प्रमुख नारायणप्रसाद चौधरीले बताए । कुपोषणको अभियानसमेत त्यति सफल नभएको र आइरन चक्की वितरण कार्यक्रमसमेत खासै प्रभावकारी नभएकाले यस्तो समस्या देखिएको बताए ।
कुपोषणको अवस्थामा सुधार ल्याउन पालिकाले ठोस पहल गर्नुपर्ने र अभिभावलाई समेत सचेत गराउनुपर्ने जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्यले बताए । कार्यक्रममा विजयनगर गाउपालिका अध्यक्ष गोपालबहादुर थापा र शुद्धोदन गाउपालिका अध्यक्ष कमलेशशरण चौधरीले कुपोषणविरुद्ध प्रभावकारी रूपमा कार्यक्रम अघि लैजाने प्रतिबद्धता व्यक्त गरे । कुपोषणका रूपमा ख्याउटेन पन, कम तौल र पुड्के बालिका हुने समस्या देखिएका छन् ।

