कपिलवस्तुमा आज देखि जिल्ला स्तरिय ‘नकाउट क्रिकेट प्रतियोगिता’ सुरु हुने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन कपिलवस्तु ।  खेलकुद महासंघ जिल्ला कमिट कपिलवस्तुको आयोजनामा आज  देखि जिल्ला स्तरिय अन्तरपालिका ‘नकाउट क्रिकेट प्रतियोगिता’ हुने भएको छ । आज घटस्थापनाको अवसर पारि ‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ हाम्रो सरोकार’ भन्ने मुल नाराका साथ अगाडि बढीरहेको यस संगठनले कपिलवस्तुका खेलाडीहरुको प्रतिभा प्रस्फुटनुंगै क्षमता विकास गरि राष्ट्रिय खेलाडीको रुपमा अगाडि बढाउने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कपिलबस्तुका अध्यक्ष कमल क्षेत्रीले बताउनुभएको छ ।

बिजया दशमी, दिपावली तथा छठ पर्वको पावन अवसरमा असोज  १७ आज देखि १९ सम्म कपिलबस्तु जिल्लाका पालिका स्तरिय नकआउट क्रिकेट प्रतियोगिताको आयोजना गरेको र सबै पालिका बाट समेत सहभागिता जनाइदिनुहुन अध्यक्ष क्षेत्रीले अनुरोध गर्नुभएको छ । खेल १२ ओभरको हुने र फाईनल खेल भने १६ ओभरको हुने आयोजकले जनाएको छ । खेल अन्तराष्ट्रिय क्रिकेटका आधारभुत नियममा रहेर खेलाइने तथा खेलाडीहरु आफ्नै पोशाकमा सहभागी हुन पर्ने बताईएको छ ।

नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कपिलबस्तुका अध्यक्ष कमल क्षेत्रीले उक्त प्रतियोगिता सफल पार्नका लागि खेलाडी, पालिका, वडा, संघ संस्था, पत्रकार सम्पुर्णमा अनुरोध गर्नुभएको छ । राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुका निवर्तमान अध्यक्ष समेत रहनुभएका क्षेत्रीले उक्त संगठनमा हुंदा जिल्लाका युवाहरुलाई संगठिन गरि राष्ट्रिय युवा संघ नेपाललाई सशक्त रुपमा अगाडि बढाउनुभएको थियो ।

क्षेत्री युवाहरु माझ लोकप्रिय नेताको रुपमा चिनिनुहुन्छ । अहिले नेपाल खेलकुद महासंघ कपिलबस्तुको अध्यक्षको जिम्मेवारी लिएसंगै बार्षिक कार्ययोजना निर्माण गरि काम सुरु गर्नुभएको छ । जुन संगठनमा आफ्नो जिम्मेवारी र कर्तव्य अनुशासित र कुशलतापुर्वक पुरा गर्ने आफ्नो मुख्य उद्देश्य रहेको अध्यक्ष क्षेत्रीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *