कपिलवस्तुको मायादेवीमा भारतीय नागरिकको ‘अपहरण’ पछि हत्या

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । जिल्लाको मायादेवी गाउँपालिकामा एक भारतीय नागरिकलाई अपहरण पछि कुटपिट गरेर हत्या गरिएको छ । भारतको सिद्धार्थनगर जिल्ला बर्डपुरस्थित पोखरभिटवाका ४१ वर्षीय जमाल अहमदको हत्या भएको प्रहरीले जनाएको छ ।

युपी ५५ एएच २०५७ नम्बरको मोटरसाइकल चढेर बिहीबार दिउँसो ४ बजेतिर नेपाल आइरहेका बेला बिजुवा पुलमा रोकेर जमाललाई ट्याम्पुमा राखेर अपहरण गरिएको थियो ।

उनलाई अभिराभ गाउँ नजिक रहेको इसलाहुल मुस्लिम मदरसाको कोठामा बाँधेर कुटपिट गरी हत्या गरिएको जिल्ला प्रहरी प्रमुख उपरीक्षक नवरत्न पौडेलले बताए । घटनामा संलग्न भएको आशंकामा ३ नेपाली नागरिक पक्राउ परेका छन् । हत्या गरिएको शव बिहीबार राति १२ बजे फेला परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *