कपिलवस्तुको बाणगंगामा महिलाको मानव कंकाल फेला

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु बाणगंगामा मानव कंकाल फेला परेको छ । बाणगंगा नगरपालिका–१ मा रहेको शिवमन्दिर सामुदायिक वन क्षेत्रमा महिलाको कंकाल फेला परेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

शनिबार बिहान स्थानीयले वनभित्र कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रारम्भिक अनुसन्धान बाट उक्त कंकाल महिलाको रहेको जनाइएको छ । करिब ५० वर्षभन्दा माथि उमेरकी महिलाको हुन सक्ने  पिपरा प्रहरी प्रमुख लोकेन्द्र जि.सी. ले बताउनुभयो । करिब ३ महिना अघि मृत्यु भएको हुन सक्ने जनाइएको छ ।

स्थानीयवासीका अनुसार कंकाल यहाँका स्थायी बासिन्दाको नभई बाहिरी क्षेत्रबाट आउने एक महिलाको हुन सक्ने आशंका गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *