कपिलवस्तुको कृष्णनगरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । स्व.वक्तावारीदेवी गोयल कल्याणकारी कोषले युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस भैरहवाको समन्वयमा शनिबार एक दिने निःशुल्क स्वास्थ्य शिविर गरेको छ । कपिलवस्तुको कृष्णनगरमा अवस्थित लक्ष्मीनारायण मन्दिर धर्मशाला परिसरमा उक्त निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको होे ।

स्वास्थ्य शिविरमा करिब ४५० जना बिरामीहरूले आफ्नो स्वास्थ्य जाँच गराएका छन् ।  शिविरमा सामान्य चिकित्सक, महिला रोग, हाडजोर्नी तथा नसारोग, बाल रोग, नाक कान घाँटी, रगत परीक्षण, अल्ट्रासाउन्ड परीक्षण, दाँत तथा गिजा रोग, ईसीजी, छाला तथा यौन रोग लगायतको रोगहरूको निःशुल्क जाँच, परीक्षण तथा निःशुल्क औषधी वितरण समेत गरेको ट्रस्टका अध्यक्ष विश्वनाथ गोयलले बताए ।

यस शिविरमा उपस्थित भई नाम लेखाएका तथा विभिन्न रोगहरूको जाँच गराएका बिरामीहरूले भाद्र १७ गतेसम्म विभिन्न रोगको उपचारमा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसले विशेष छुट तथा सहुलियत दरमा बिरामी उपचारसमेत गर्ने ट्रस्ट का अध्यक्ष गोयलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *