एमाले बाणगंगा नगर अध्यक्षमा भारी मतान्तरलेअर्याल निर्वाचित

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बाणगंगा । नेकपा एमाले बाणगंगा नगर अध्यक्षमा सोमनाथ अर्याल भारी मतान्तरले निर्वाचित भएका छन् ।

उनले प्रतिद्वन्दी मदन शाहीलाई पराजित गर्दै नगर अध्यक्षमा सोमनाथ अर्याल निर्वाचित भएका हुन् । केहि समयअघि सकिएको मतगणनाको नतिजामा १४६ मतसहित अर्याल निर्वाचित भएका हुन् ।शाहीको पक्षमा जम्मा ५४ मत मात्र खसेको जनाईएको छ ।

नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका अर्यालले यो निर्वाचनको परिमाणलाई हेर्दा छोटो समयमै एमालेमा शसक्त पकड बनाउन सफल भएको देखिन्छ ।

यस्तै उपाध्यक्षमा भिम बहादुर थापा निर्वाचित भएका छन् । उनले १ सय ४६ मत प्रप्त गरे भने उनका प्रतिद्धन्दी बाबुराम अर्यालले ५० मत प्राप्त गरे ।

यस्तै उपसचिवमा जगतराज रेग्मी निर्वाचित भए । महिला उपसचिवमा लक्ष्मी थारु निर्वाचित भइसकेकी थिइन् । यस्तै सचिव पदमा चेतनारायण आचार्य निर्विरोध निर्वाचित भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *