काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखा अधिकृतलाई घुससहित नियन्त्रणमा लिएको छ ।
अख्तियारको सुर्खेत कार्यालयले दैलेखको डुंगेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत ९सातौँ० टंक बहादुर कार्कीलाई एक लाख रुपैयाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको आयोग स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।


