उपाधिको लागि बीएफसी चितवन र पुलिस भिड्ने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । हनामी बीएफसी चितवन प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विहिवार चारनम्बर स्थित बुद्धरङ्गशालामा भएको अन्तिम सेमिफाइनल खेलमा सुदूरपश्चिम –११ लाई ३–० गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

गोल्डकपको उपाधिको लागि २४ गते हनामी बीएफसी चितवनले नेपाल पुलिस सङ्ग खेल्ने छ । पुलिसले उपाधिको प्रमुख दाबेदार टोली थ्री स्टार माथि १ शून्यको सङ्घर्षपूर्ण जित हासिल गरेको थियो ।

विजेताले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ हजार संगै ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १ लाख रुपैयाँ पाउने आयोजक कपिलवस्तु फुटबल संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *