उपचारमा बिरामीको मृत्यु स् दोषी चिकित्सकलाई कारबाही गर्न माग

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चितवन। भरतपुर अस्पतालमा उपचाररत महिलाको मृत्यु भएपछि आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै छानविन गर्न माग गरेका छन् ।

भरतपुर महानगरपालिका वडा नं।१२ मुनालचोकमा बस्दै आउनु भएको ३९ वर्षीया सम्झना काफ्लेको पाठेघरमा मासु पलाएपछि शल्यक्रियाका लागि मङ्गलबार भरतपुर अस्पतालमा भर्ना गरिएको थियो ।

शल्यक्रियाका लागि तयारी गर्न लठ्याउने सुइ ९एनेस्थेसिया० लगाइएको थियो । लठ्याउने सुइ लगाएपछि होस नआइ राती ९ बजे मृत्यु हुन पुगेको थियो ।

आइसियुमा राखि उपचारकै क्रममा मृत्यु भएपछि आफन्तले अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै छानविन गरी दोषी उपर कारबाहीको माग गरेको अस्पतालको सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो ।

पाठेघरमा सिष्ट भएपछि उहाँको अप्रेशन गरेर बायोप्सी निकाल्न लागिएको थियो । मृतक महिलाको मुटुमा पहिल्यैदेखि समस्या भएको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो । बिरामीको अवस्था गम्भीर भएपछि बचाउन आईसीयूमा राखिएको तर बचाउन नसकिएको उहाँको भनाइ छ ।

उपचाररत बिरामीको मृत्युपछि देखिएको समस्या समाधान गर्न सम्बन्धित पक्ष राखेर बैठक बसरी समाधान गर्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

उपचारका क्रममा बिरामीको मृत्यु भएपछि आफन्तले छानविन समिति राख्न माग गरेपछि घटनाको जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकमार्फत समाधान गर्न थालिएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *