उद्योगीहरूसग मेयर थापा सामाजिक उत्तरदायित्व बहन आग्रह

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु। कार्यक्रममा नगर प्रमुख अजय थापाले उद्योग स्थापनामा पालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले उद्यो

कपिलवस्तुको शिवराज नगरपालिकाले सोमबार शिवपुरमा नगर भित्रका उद्योगीहरूसँग विशेष छलफल कार्यक्रम सम्पन्न गरेको छ। उद्योगसँग सम्बन्धित समस्या, कामदार व्यवस्थापन, प्रदूषण नियन्त्रण, करको अवस्था तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल भएको थियो।

कार्यक्रममा नगर प्रमुख अजय थापाले उद्योग स्थापनामा पालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले उद्योगीहरूलाई स्थानीय कामदारलाई रोजगारी दिन, आवश्यक विवरण पालिकामा समयमै बुझाउन तथा उद्योगलाई बालश्रममुक्त क्षेत्रको रूपमा घोषणा गर्न सुझाव दिनुभयो। न्युनतम ज्याला र बालश्रमको लापरबाही नगर्न मेयर थापाले निर्देशन दिनुभयो । उहाँले सबै उद्योगहरू सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालय, स्वास्थ्य, सडक निर्माण लगायतका क्षेत्रमा योगदान गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। “केही उद्योगहरूले राम्रो कार्य गरिरहेका छन्, तर सबै उद्योगले समुदायप्रति जिम्मेवार बन्नुपर्छ,” मेयर थापाले भन्नुभयो।

उद्योगीहरूद्वारा कार्यक्रममा नक्सापास, उद्योग दर्ता, कर निर्धारणलगायतका प्रक्रियामा भोगिरहेको समस्या उठाइयो। उनीहरूले यस्ता प्राविधिक जटिलता समाधानका लागि नगरपालिकाको सहयोग माग गरे।

प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले कर सम्बन्धी नीति नगर सभाबाट पारित हुने भएकाले उद्योगमैत्री कर प्रणाली विकास गर्न पहल भइरहेको जानकारी दिनुभयो। उहाँले उद्योगहरूलाई सहज वातावरण सिर्जना गर्ने पालिकाको प्रयास जारी रहने विश्वास दिलाउनुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *