आफैँले चलाएको गोली लागेर सेनाका जवानको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नवलपरासी २० साउन । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) मा कार्यरत नेपाली सेनाका एक जवानको आफैँले चलाएको गोली लागेर मृत्यु भएको छ। कावासोती नगरपालिका–७ बाँदर झुलामा रहेको नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी सेक्टर बाँदर झुला पोस्टमा कार्यरत नेपाली सेनाका जवान २२ वर्षीय सुदीप मिजारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व ) का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए।

मिजार धादिङको गल्छी गाउँपालिका–४ घर भई श्री गोरखगण कसरा चितवन दरबन्दी भई हाल नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी बाँदर झुला पोस्टमा कार्यरत छन्।मिजारले दिउँसो कोत घरमा रहेको ५।५६ एमएमको मिनी गनले आफैँले आफ्नो घाँटीमा गोली प्रहार गरेको डिएसपी पौडेलले बताए।घटनाबारे जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको र घटनाबारे अनुसन्धान सुरु गरेको डिएसपी पौडेलले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *