आफूमाथिको निलम्बन फुकुवा गर्न सभामुखसँग रवि लामिछानेको माग

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवमं निलम्बित सांसद रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेट गरेका छन् । संसदको हिउँदे अघिवेशन सुरु हुनुभन्दा केहीसमय अगाडि मात्रै लामिछानेले सभामुख घिमिरेलाई भेटेका हुन् ।


पार्टीका केही सांसदसहित सभामुख भेट्न सिंहदरबार पुगेका लामिछानेले आफूमाथि लगाइएको निलम्बन फुकुवा गर्न सभामुखसमक्ष माग गरेका छन् । लामिछानेले आफू थुनामा नरहेको र सम्पत्ती सुद्धिकरण सम्बद्ध कानुनमा रहेको प्रावधानले सदनको कार्य सञ्चालन एवं सदनको काम–कारबाही नियमित गर्न कुनै किसिमले बाधा–अवरोध हुन नसक्ने भएकाले आफूमाथि भएको निलम्बन फुकुवा गर्न लामिछानेले निवेदन दिएको रास्वपाका एक नेताले सिधाकुरालाई बताए ।

लामिछानेले प्रतिनिधि सभा नियमाली २०७९ को दफा २२८ को उपदफा ९३० बमोजिम आफू थुनामा नरहेका कारण सार्वभौम नागरिकको प्रतिनिधिलाई संविधान र कानून बमोजिम संसदमा उपस्थित हुन र सदनको काम–कारवाहीमा भाग लिन कुनै अवरोध नहुने बताउँदै सभामुखलाई निवेदन दिएका हुन् ।

कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि लामिछानेलाई संसद सचिवालयले पुस ८ गते निलम्बन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *