आँगनमा खेल्दै गरेका एक शिशुको कुलोमा डुबेर मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

दाङ । आँगनमा खेल्दै गरेका एक जना शिशुको कुलोमा डुबेर मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ गोठुवाका सुरेश बस्नेतकी दुई वर्षीया छोरी शुष्मा बस्नेत आगनमा खेल्ने क्रममा घरनजिकै रहेको कुलामा लड्न पुग्दा बगेकी थिइन्।

सोमबार बेलुकी साढे पाँच बजेतिर घरको आँगनमा खेल्दै गर्दा गोठुवा कुलोमा बगेकी शुष्माको बेलुकी ६ बजेतिर उद्धारपछि उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रिफर गरिएको थियो।

शुष्माको उपचारका क्रममा राति साढे नौ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक सूर्य राना मगरले बताए। शव पोष्टमर्टमका लागि कोहलपुरमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *