जनहित अनलाईन, कपिलवस्तु । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको बिहारमा मोटरसाइकल दुर्घटना हुदा १ जना घाइते भएका छन ।
आज साझ मालारानी ५ का १९ बर्षिय अनिल मिश्रले चलाएको लु ४० प ६२१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो । मिश्रको सरिरको विभिन्न भागमा चोट लागेको छ ।
उनको अर्घाखाँची जिल्ला अस्पतालमा उपचार भइरहेको र अबस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
स्रोतःअर्घाखाँची बुलेटिन


